क्यान महासंघ 'नेसनल आईसीटी स्कलरसिप– २०७९’
PDF
प्रेस विज्ञप्ति
नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विगत ३० वर्षदेखि कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रबृतिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला गरेको छ ।
क्यान महासंघले, राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृद्धि प्रदान गर्दै आएको विदितै छ। यो छात्रबृति काठमाण्डौंको मैतीदेविमा रहि विगत दुइृ दशकभन्दा बढि समय देखि सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज - लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा शुरु गरिएको हो । यो छात्रबृति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रबृद्धि प्रदान गर्न लागिएको हो ।
‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रबृति प्रदान गरीने छ । ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुराउनमा यस कार्यले टेवा पुर्याउदै आएको छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रबृति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रबृति प्रदान गरिनेछ ।
क्यान महासंघ र कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।
छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको संबंधनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि. एस. सी. आईटी (BSc. IT) को अध्ययन गर्न पाउनेछन् ।
नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन। छात्रबृतिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।
छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह तथा केन्द्रिय सदस्यद्वय सरिता सिंह र भिम मल्ल रहेको छात्रबृति छनौट समिति गठन गरेको छ ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत २०७९ साल भदौ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ । छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा २०७९ साल भदौ १० गते हुनेछ भने २०७९ साल भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुनेगरी कार्यक्रम मिलाईएको छ ।
यस छात्रवृती मार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुले पनि सुचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो पेशा/ब्यबसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने कुरा क्यान महासंघका अध्यक्ष नवराज कुंवरले व्यक्त गर्नुभयो ।
यो छात्रवृत्तिका निम्ति सुचना प्रविधि क्षेत्रको अग्रणी एवं छाता संस्था क्यान महासंघसंगको सहकार्यले देश भित्र रहेको डिजिटल-डिभाईड कम गर्न मद्दत पुग्ने र भविस्यमा यस्तै कार्यमा अन्य संस्थाहरुलाई पनि सार्वजनिक-निजि साझेदारिको निम्ति प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानले वताउनुभयो ।
धन्यवाद ।
नारायण थापा
महासचिव
मितिः २०७९ साउन २५ गते, बुधबार
Press Release Details
Posted on : 10th August, 2022 Posted by : Udeep Baral Created at : 10th August, 2022 |
Other Press Releases
प्रेस विज्ञप्ति: नेसनल आईसीटी स्कलरसिप– २०८०... 26th August, 2023 |
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३ भव्यताका साथ सम्पन्न... 12th February, 2023 |
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक २०२३: स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आइतबार अन्तिम दिन ।... 11th February, 2023 |
प्रेस विज्ञप्ति: क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो ।... 10th February, 2023 |
~~ प्रेस विज्ञप्ति ~~ क्यान इन्फोटेक २०२३ मा प्रविधि कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा... 9th February, 2023 |
प्रेस विज्ञप्ति: क्यान इन्फोटेकको दोस्रो दिन, अफर स्टलमा अवलोकनकर्ताको भीड... 8th February, 2023 |
प्रेस विज्ञप्ति: सूचना प्रविधिको कुम्भ मेला ‘क्यान इन्फोटेक २०२३’... 7th February, 2023 |
क्यान इन्फोटेक २०२३ का सन्दर्भमा क्यान महासंघ द्वारा आयोजित पत्रकार सम्मेलन... 26th January, 2023 |
क्यान महासंघ 'नेसनल आईसीटी स्कलरसिप– २०७९’... 10th August, 2022 |
~~ प्रेस विज्ञप्ति ~~ क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ देखि १२ गतेसम्म हुने... 22nd February, 2022 |